दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट अगाडि नबढ्ने, न्यायाधीशले भने– अब जिल्लामै बहस गर्न जानुस् !
व्यवसायी दुर्गा प्रसाईंविरुद्धको मुद्दा जिल्ला अदालतमा दायर भइसकेको भन्दै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट अगाडि नबढाउने भएको छ ।मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुँदा सरकारी वकिलले मुद्दा जिल्लामा दायर भइसकेको जानकारी दिएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए ।‘आज इजलासमा सुनुवाइ शुरू हुँदा सरकारी वकिलको तर्फबाट मुद्दा जिल्लामै अभियोगपत्र पेस भइसकेको जानकारी इजलाससमक्ष गराइयो,’ अधिवक्ता पौडेलले लोकान
