Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 23h agolast: 25 min ago

कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

कालीकोटको शुभकालिका गाउँपालिका–१ मा पर्ने गगने खोला क्षेत्रमा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्डको यो भीर सामान्य वर्षामै लेदोसहितको पहिरो खस्ने पहिरोग्रस्त ठाउँका रूपमा परिचित छ । दुई वर्षअघि सडक डिभिजन जुम्लाले तीन करोड रूपैयाँ लगानीमा ग्याबिन जाली लगाएको भए पनि पहिरो थेग्न नसक्दा त्यो जाली पनि बगायो । पछिल्लोपटक असोज ९ देखि ११ गतेसम्मको वर्षाले तीन दिन गगने खोलामा आवागमन ठप्प हुँदा जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने तथा सुर्खेतबाट जुम्लातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 23 hours
Broke firstNagarik News logoNagarik News

गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध

पहिरोका कारण जुम्ला, कालीकोट, दैलेख हुँदै सुर्खेत जाने तथा सुर्खेतबाट जुम्लातर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्।...

social-affairs4 publishers
Coverage

3 more headlines since

first · 23h agolatest · 30 min ago
  1. पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

    कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली राजमार्गको यात्रा सहज छैन । साँघुरो, भिरालो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कर्णालीबासीले वर्षौंदेखि झेलिरहेका छन् । त्यसमाथि राजमार्गमा खसिरहने पहिरोले झनै जोखिमको अवस्था छ । राजमार्गको गगने खोला क्षेत्र पहिरोग्रस्त ठाउँकै रूपमा परिचित छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ मा पर्ने यो भीरमा सामान्य वर्षामै […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  2. पहिरो खसेर कर्णालीवासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

    कालिकोट । सुर्खेतदेखि जुम्लासम्म ट्र्याक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली राजमार्गको यात्रा सहज छैन । साँघुरो, भिरालो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कर्णालीबासीले वर्षौंदेखि झेलिरहेका छन् । त्यसमाथि राजमार्गमा खसिरहने पहिरोले झनै जोखिमको अवस्था

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरु)

    कर्णाली राजमार्गको पहिरोग्रस्त गगने खोला क्षेत्र । कालिकोटको शुभकालिका गाउँपालिका–१ मा पर्ने यो भीर सुर्खेत–जुम्ला सडकखण्डको पहिरो खस्ने ठाउँका रूपमा परिचित छ । यहाँ सामान्य वर्षामै लेदोसहितको पहिरो खस्ने समस्याले कर्णालीबासीलाई निकै सास्ती हुँदै आएको छ । पहिरोको समस्या समाधान गर्न सडक डिभिजन जुम्लाले दुई वर्षअघि तीन करोड रूपैयाँ लगानीमा ग्याबिन जाली लगाएको थियो । पहिरो थेग्न नसक्दा त्यो जाली पनि बगायो । वर्षा सुरु हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएपनि यसको स्थायी समाधान हुन सकेको छैन । पछिल्लोपटक असोज ९ देखि ११ गतेसम्मको वर्षाले तीन दिन पहिरोले गगने खोलामा आवागमन ठप्प भएको थियो ।

    Thaha Khabar logoThaha KhabarPrivatedetail4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.