
भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी
काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलको मात्र उम्मेदवारी परेको छ। राष्ट्रियसभा नियमावली, २०७५ को नियम १६७ को उपनियम (१) बमोजिम सभापति पदका लागि बुधबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। निर्धारित समयभित्र पौडेलको मात्रै उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलद्वारा […]
