अभ्यास खेलमा नेपालविरुद्ध ओमान ए १६० रनमा अलआउट
२१ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको शृङ्खलाका लागि ओमानमा रहेको नेपाली क्रिकेट टोलीले ओमान ए विरुद्ध पहिलो अभ्यास खेलमा १६१ रनको लक्ष्य पाएको छ । ओमान क्रिकेट एकेडेमी टर्फ २ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ए ले ३९.५ ओभरमा अलआउट हुँदै १६० रन बनायो । कप्तान हम्माद मिर्जाले […]


