शरद् ऋतुमा नेपालका ३१ हिमाल चढ्न ९१ टोलीका ७८८ आरोहीले लिए अनुमति
काठमाडौँ- शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ९१ वटा टोलीका ७८८ जना आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सुरज घिमिरेले ३१ हिमाल आरोहणका लागि ५८२ पुरुष र २०६ महिलाले आरोहण अनुमति लिएको जानकारी दिए। […]

