सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे
सङ्खुवासभामा साउनयता स्क्रब टाइफसका बिरामीको सङ्ख्या ५६० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्ला अस्पतालमा ३९३ र विभिन्न पालिकाका स्वास्थ्य संस्थामा १६७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।कोशी प्रदेशका १४ जिल्लामध्ये सङ्खुवासभामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये सभापोखरीमा ११० र चैनपुरमा ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिपेश श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको तीन महिनामै गत आर्थिक वर्षभरि जिल्ला अस्पतालमा भेटिएक

