चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको समयमा यात्रु ठग्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् । सभापति गजुरेलले आज साँझ गोँगबुस्थित नयाँ बसपार्कको अनुगमन गर्दै चाडपर्वमा हुनसक्ने ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।सभापति गजुरेलले यसवर्ष दशैँ, तिहार तथा छठमा १० देखि १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरेको भन्दै सोहीअनुसारको व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई आग्रह गरे । उनले पूर्वाधार विकास समितिले दसैँ, तिहार र छठपर्वमा या

