
युवा विद्यार्थीले स्वदेशमै अवसर खोज्नुपर्छः प्रदेश प्रमुख मियाँ
कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले युवा विद्यार्थीले विदेश मोह त्यागेर स्वदेशमै अवसर खोज्नुपर्ने बताएका छन् । कैलालीको घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसमा मधेशी आयोगले आयोजना गरेको लोकसेवा परीक्षा तयारीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मियाँले स्वदेशमै बसेर पनि राम्रो अवसर प्राप्त गर्न सकिने बताएका हुन् । पछिल्लो समय युवा विद्यार्थीमा विदेश जाने मोह […]
