कोशी प्रदेशको नाम संशोधन गर्ने बाटो खुल्यो, प्रदेशसभाबाट नियमावली पारित
२०७९ फागुन १७ गते तत्कालीन प्रदेशसभाले दुईतिहाइभन्दा बढी बहुमतबाट एक नम्बर प्रदेशको नाम ‘कोशी’ राखेको थियो । अहिले फेरि प्रदेशसभाले नाम संशोधनका लागि प्रस्ताव दर्ता गर्ने औपचारिक बाटो खोलेको छ ।

