Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 7h agolast: 4h ago

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुगेको र न्याक्चेत–फिलिम तथा धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्। उनले गोरखाको स्यारखोला हुँदै बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको उद्धारमा सरकारी निकायसँग समन्वय गर्न पनि कार्यकर्तालाई निर्देशन दिएका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

बाढी प्रभावितको उद्धारमा सरकारी निकायसँग समन्वय गर्न कार्यकर्तालाई रविको निर्देशन

सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले गोरखाको स्यारखोला हुँदै बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितको उद्धारमा सरकारसँग समन्वय गर्न निर्देशन दिएका छन्।

Coverage

3 more headlines since

first · 7h agolatest · 4h ago
  1. बूढीगण्डकी बाढीबाट प्रभावितलाई सहयोग गर्न पार्टीपंक्तिलाई रवि लामिछानेको निर्देशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्। उद्धारमा सक्रिय रूपमा लागिरहेको सरकारका सम्बन्धित निकायहरूसँगको समन्वयमा राहत तथा आवश्यक सहयोगका लागि जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएका हुन्। उनले भनेका छन्, ‘बाढीको जोखिम अझै रहेकाले […]

  2. बूढीगण्डकी बाढीपीडितलाई सहयोग गर्न रास्वपा सभापति लामिछानेको निर्देशन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन् ।आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याएको र न्याक्चेत–फिलिम तथा धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले आफू मर्माहत भएको लामिछानेले बताएका छन् ।सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै लामिछानेले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोरखाको चुमनुब्रीस्थित बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा जुट्न पार्टीका सदस्यलाई निर्देशन दिएका छन्। लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री क्षेत्रमा व्यापक क्षति पुर्‍याएको र न्याक्चेत-फिलिम तथा धादिङ-गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले आफूलाई मर्माहत बनाएको बताएका हुन्। उनले बाढीबाट […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.