अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै
बाढीपहिरो र हिमपातका कारण प्रभावित अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन बढ्न थालेको छ। थोरङ्ला पास जाने बाटो सहज भएपछि दैनिक १५० देखि २०० पर्यटक आउन थालेका छन्।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका अनुसार असोज १८ देखि २५ गतेसम्म एक हजार ४४७ पर्यटकको विवरण अभिलेख गरिएको छ। तीमध्ये ८८७ पुरुष र ५६० महिला छन्।असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षा र हिमपातले सडक तथा पदमार्ग अवरुद्ध हुँदा पर्यटकको आगमन घटेको थियो। अहिले हिउँ हटाएर थोरङ्ला प

