शहरलाई स्वादिलो बनाउने व्यापारीको व्यथा- १५ वर्षदेखि बाटोमै दशैँ
घरमा आमा छिन् । परिवार छ । आफन्त छन् । दशैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ । तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो ।घुरन भेडाच्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौं पुग्छन् । शहरका भान्सामा हिमालका भेडाच्याङ्ग्राको मासु पाकिरहँदा आफ्नै घरमा आमाको हातबाट टीका थाप्न र परिवारसँगै बसेर दशैँ मनाउनबाट वञ्चित हुनुपर्छ ।घुरनसहितका व्यापारीको श्रमले शहरको चाडलाई स्वाद दिन्छ, तर त्यही
