बूढीगण्डकी बाढी : पाँच दिनपछि आंशिक रूपमा खुल्यो बाटो
बूढीगण्डकीमा आएको बाढीका कारण पाँच दिनदेखि अवरुद्ध रहेको बाटो आंशिक रूपमा खुलेपछि धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेतका बासिन्दा गन्तव्यतर्फ जान थालेका छन् ।बाढीले पुल तथा बाटो बगाएपछि अवरुद्ध भएको बाटो बिहीबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।आइतबार बूढीगण्डकीमा आएको बाढीले धार्चेको खानीबेँसी, माछाखोला, खोर्लाबेँसी तथा दोभानका झोलुङ्गे पुल र बेलिब्रिज बगाएपछि स्थानीय बासिन्दा आवतजावत गर्नबाट वञ्चित भएका थिए । गाउँपालिकाको आह्वानमा क

