फूलपातीको साइतमा सभापति थापाको शपथ
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाको शपथ ग्रहण तथा पदबहाली फूलपातीका दिन हुने भएको छ।कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार असोज ३० गते नेपालीहरूको महान् पर्व दशैंको सातौँ दिन फूलपातीका अवसरमा शपथ ग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गरिने भएको हो ।कार्यक्रम दिउँसो २ बजे ललितपुरको बीपी नगरस्थित कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा हुनेछ।
