
चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डितलाई नियुक्त गर्ने निर्णय
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पण्डितलाई चलचित्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अध्यक्ष पदका लागि ११ जनाले व्यावसायिक कार्ययोजना प्रस्तुत गरेका थिए।

