
बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री


