पाकिस्तानको सूचना प्रविधि निर्यात १८ प्रतिशतले बढ्यो
पाकिस्तानको सूचना प्रविधि (आइटी) तथा प्राविधिक क्षेत्रको निर्यात सन् २०२६ को सेप्टेम्बरमा गत वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढेर ४३ करोड ५० लाख अमेरिकी डलर पुगेको छ । यो हालसम्मकै दोस्रो उच्च मासिक निर्यात हो ।अर्थमन्त्रीका सल्लाहकार खुर्रम शहजादले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेको विवरणअनुसार, सेप्टेम्बरको निर्यात सन् २०२५ को डिसेम्बरमा कायम भएको ४३ करोड ७० लाख डलरको कीर्तिमानी स्तरभन्दा २० लाख डलरले मात्र कम हो । अगस्टको तुलनामा पनि सेप्टेम्बरमा आइटी निर
