
नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा वृक्षरोपण गरिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो।

