टी-२० अन्तर्राष्ट्रियमा भारतको कीर्तिमानी रनचेज
भारतले न्युजिल्यान्डविरुद्धको पाँच टी–२० शृङ्खलाको पहिलो खेलमा ४ विकेटको सानदार जित दर्ता गरेको छ । २२६ रनको विशाल लक्ष्य भारतले १९.४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा भारतले पछ्याएको हालसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो।यसअघि भारतले सन् २०२३ मा अस्ट्रेलियाविरुद्ध र सन् २०२६ मा न्युजिल्यान्डविरुद्ध नै २०९ रनको लक्ष्य सफलतापूर्वक पछ्याएर कीर्तिमान बनाएको थियो। आजको जितसँगै भारतले आफ्नै पुरानो रेकर्ड भङ्ग गर्दै नयाँ इतिहास रचेको हो ।&nbs

