बलुचिस्तानमा पाकिस्तानी सेनाको कारबाही, १० जनाको मृत्यु
पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा १० जना आतङ्कवादी मारिएको पाकिस्तानी सेनाले जनाएको छ ।पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार गाब्द सीमा नाका र ग्वादर सहर आसपास हिंसात्मक गतिविधि गर्ने प्रयास भएपछि सुरक्षा बलले कारबाही अघि बढाएको थियो ।विभिन्न स्थानमा भएका भिडन्तका क्रममा सशस्त्र समूहको गतिविधि विफल पारिएको सेनाले जनाएको छ । त्यसपछि ग्वादर सहर र आसपासका क्षेत्रमा सुरक्षा सुनिश्चित गर्न तथा शङ्का

