४२ ग्राम खैरो हेरोइनसहित २ जना पक्राउ
लागुऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको म्याग्दी गाउँपालिका ६ का २४ वर्षीय अमित दर्जी र म्याग्दी गाउँपालिका २ का २९ वर्षीय दीपक परियार रहेका छन् ।लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनरुवा पर्साबाट खटिएको प्रहरी टोलीले शनिबार वीरगञ्ज महानगरपालिका १६ बाट पक्राउ गरेको हो ।ब्यूरोका अनुसार उनीहरूको साथबाट खैरो हेरोइन ४२.७२० ग्राम र मोबाइल २ थान बरामद भएको छ ।उनीहरूलाई आवश्यक अनुसन्धान
