
राष्ट्रपति कोजाग्रत पूजाका लागि नवदुर्गा मन्दिर जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कोजाग्रत पूजाका लागि भक्तपुरस्थित नवदुर्गा मन्दिर जाँदैछन् । आज विजया दशमीको अन्तिम दिन, कोजाग्रत पूर्णिमा हो । यो दिनलाई पूर्णे औंशी पनि भनिन्छ । राष्ट्रपतिको सचिवालयका अनुसार अपराह्न ३ बजे उनी त्यहाँ पुग्नेछन् । विजया दशमीका अवसरमा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म राष्ट्रप्रमुखले विभिन्न शक्तिपीठको दर्शन गर्दै पूजा गर्ने प्रचलन छ । […]


