अस्ट्रेलियामा एक वर्षमा आत्महत्याबाट ३ हजार २८३ जनाको मृत्यु
अस्ट्रेलियामा सन् २०२५ मा आत्महत्याका कारण तीन हजार २८३ जनाको मृत्यु भएको छ । मङ्गलबार सार्वजनिक आधिकारिक तथ्याङ्कअनुसार मृतकमध्ये पुरुषको सङ्ख्या अत्यधिक रहेको छ ।अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) का अनुसार सन् २०२५ मा देशभर दर्ता भएका कुल एक लाख ८८ हजार ४२१ मृत्युमध्ये तीन हजार २८३ जनाको मृत्यु आत्महत्याका कारण भएको थियो । यससँगै आत्महत्या देशमा मृत्युको १५औँ प्रमुख कारण बनेको छ ।यो सङ्ख्या सन् २०२४ मा अभिलेख गरिएका तीन हजार ३२६ जनाको तुलनामा केही कम हो । यद्यपि, मृत्युका घटनासम्बन
