कृषि आधुनिकीकरणको दोस्रो चरणमा १ खर्ब ४० अर्बको परियोजना
सरकारले कृषि आधुनिकीकरण कार्यक्रमको दोस्रो चरण सञ्चालन गर्न १ खर्ब ४० अर्ब रुपैयाँको परियोजना तयार गरेको छ । आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने लक्ष्य राखिएको परियोजनामा व्यावसायिक कृषि तथा पशुपालन, पूर्वाधार विकास, कृषकलाई तालिम, उत्पादन वृद्धि र अनुदान वितरणका कार्यक्रम समेटिएका छन् ।कृषकको आय वृद्धि, कृषि क्षेत्रमा रोजगारी सिर्जना र कृषि उपजमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले परियोजना तयार गरिएको हो । यसको प्रभावकारी कार्यान्वयनका लागि बहुपक्षीय सरोकारवालासँग समीक्षा गरिएको कार्यक्रम व्यव

