प्रधानन्यायाधीश शर्माको स्पष्टीकरण– इनमसँग चिनजान छैन, कहीँ कतै भेटेको छैन
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले विवादित व्यक्ति इनम सापकोटासँग आफ्नो चिनजान नरहेको र कहीँ कतै नभेटेको बताएका छन् ।इनम सापकोटासँग जोडेर आएको समाचारले आफू स्तब्ध बनेको शर्माले बताएका छन् ।बिहीबार एक विज्ञप्ति जारी गर्दै शर्माले आफूसँग जोडिइएको इनम सापकोटासँग आफ्नो चिनजान नभएको बताएका हुन् ।‘जुन प्रसङ्ग जोडी मेरो नाम उल्लेख गरिएको छ, ती व्यक्तिहरू एवं प्रसङ्गमा मेरो कुनै संलग्नता छैन । ती व्यक्तिहरूसँग मेरो प्रत्यक्ष एवं परोक्ष रूपमा चिनजान, सम्पर्क समेत छैन। मैले कहीँ कतै भेट

