
विद्यालयको १७ लाख बढी अनुदान रकम हिनामिना गरेको आरोपमा ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको कुशे गाउँपालिका–२ स्थित श्री मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षसहित ४ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको


