दुर्घटना न्यूनीकरणमा सक्रिय हुन निर्देशन
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापन तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित ट्राफिक नियन्त्रण आधारभूत तालिमको १५७औँ समूहको समापन समारोहलाई सम्बोधन गर्दै उनले बढ्दो सवारी चापलाई व्यवस्थित गर्दै सडक दुर्घटना न्यूनीकरणका लागि थप जिम्मेवार भएर परिचालित हुन निर्देशन दिएका हुन् ।प्रमुख काफ्लेले सवारीस
