Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 14h agolast: 11h ago

प्रहरीलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजिएको प्रहरीको दाबी

नेपाल प्रहरीले बिहीबार सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजिएको दाबी गरेको छ। प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जारी गरेको विज्ञप्तिमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचारप्रति आपत्ति जनाइएको छ। संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण भइरहेको प्रहरीले जनाएको छ। प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstLokaantar logoLokaantar

सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजियो : प्रहरी

नेपाल प्रहरीले सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न खोजिएको दाबी गरेको छ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचारप्रति आपत्ति जनाउँदै प्रहरीले बिहीबार जारी गरेको विज्ञप्तिमा संगठनको प्रतिष्ठा र कार्यसम्पादनमाथि प्रश्न उठाउने गरी नियोजित रूपमा सूचना सम्प्रेषण भइरहेको उल्लेख गरेको छ।विज्ञप्तिमा भनिएको छ, ' प्रचलित कानुन बमोजिमको जिम्मेवारी पूरा गर्दै संगठनको प्रतिमा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रुपमा भ्र

story2 publishers
Coverage

1 more headline since

  1. ‘प्रहरीलाई विवादमा तानेर सरकारविरूद्ध खेल्न खोजियो’

    काठमाडौँ। नेपाल प्रहरीले सङ्गठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गर्नेहरूमाथि प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने जनाएको छ। प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.