Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

पत्रकार पक्राउपछि आईजीपी कार्कीद्वारा निर्बाध पत्रकारिताको प्रतिबद्धता

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले सञ्चारकर्मीबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा गर्ने बताएका छन् । काठमाडौंका विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकारहरू पक्राउ परेको भोलिपल्ट उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । आईजीपी कार्कीले विपत्का बेला पनि सञ्चारकर्मीलाई निष्पक्ष, तथ्यपूर्ण र साहसिक रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताए ।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

पत्रकार पक्राउ गरेको भोलिपल्ट आईजीपीले के भने ?

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्ने बताएका छन् । पत्रकार पक्राउको भोलिपल्ट आज सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना

story3 publishers
Coverage

2 more headlines since

first · 4d agolatest · 4d ago
  1. सञ्चारकर्ममा कुनै बाधा नपरोस् भन्ने कुरामा सहयोग गर्न प्रहरी प्रतिबद्ध छ : आईजीपी कार्की

    संघीय राजधानी काठमाडौंबाट सञ्चालित विभिन्न मिडियामा कार्यरत पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको भोलिपल्ट नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीहरूको विषयलाई उल्लेख गरेर स्टाटस लेखेका छन् । आईजीपी कार्कीले विपत्‌का बेला सञ्चारकर्मीलाई निष्पक्ष, तथ्यपूर्ण र साहसिक रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका हुन् । सम्भावित वर्षा, हावाहुरी तथा त्यसबाट उत्पन्न हुन सक्ने विपत्‌को जोखिम न्यूनीकरणका सन्दर्भमा सन्देश जारी गर्द

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की

    १४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् । विभिन्न सञ्चारगृहबाट पत्रकारहरू पक्राउ परेको २४ घण्टा नबित्दै उनले प्रहरीले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका हुन् । ‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.