
सरकारी ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात हेरफेर, तीन जना पक्राउ
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा अनधिकृत पहुँच पुर्याएर सरकारी ठेक्कासम्बन्धी आर्थिक प्रस्तावका कागजात हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको सम्बन्धित ब्युरोले प्राप्त उजुरीमाथि गरेको प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा ई–जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्याई विभिन्न ठेक्काका विवरण परिवर्तन गर्ने कार्यमा संलग्न रहेको आशंकामा […]



