रुसी कब्जामा रहेको युक्रेनी सहरबाट उद्धार भएकाहरुले भने- ‘नर्कबाट फर्कियौँ’
रुसको कब्जामा रहेको युक्रेनको अग्रपङ्क्तिमा पर्ने ओलेश्की सहरबाट सयौँ सर्वसाधारणको उद्धार गरिएको छ । चार वर्षदेखि युद्धको त्रास, गोलाबारी, ड्रोन आक्रमण र खाद्यान्न अभाव झेलिरहेका उनीहरू शनिबार युक्रेनको उत्तरी क्षेत्र चेर्निहिभ पुगेका हुन् ।उद्धार गरिएकामध्ये अधिकांशले वर्षौंदेखि भेट्न नपाएका आफन्तसँग पुनर्मिलन गरेका छन् । सहरबाट निस्किएपछि ओल्हा नामकी महिलाले त्यहाँको जीवनलाई ‘डरलाग्दो’ भन्दै उनका पति भियाचेस्लाभले आफूहरू ‘नर्कबाट फर्किएको’ प्रतिक्रिया दिएका छन् ।सन् २०२


