धनगढी उपमहानगरले १६३ ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शनका लागि पठायो
धनगढी उपमहानगरपालिकाले ‘मुक्तिनाथ दर्शन’ कार्यक्रमअन्तर्गत १६३ ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि पठाएको छ ।धार्मिक पर्यटन प्रवर्द्धनसँगै ज्येष्ठ नागरिकलाई तीर्थयात्राको अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रमअन्तर्गत सोमबार उनीहरूलाई मुक्तिनाथ पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।नगरप्रमुख गोपाल हमालले आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको कार्यक्रमलाई निरन्तरता दिँदै ज्येष्ठ नागरिकको टोलीलाई बिदाइ गरिएको बताए । उमेर र अन्य कारणले टाढाको तीर्थयात्रामा जान नसक्ने ज्येष्ठ नागरिकल
