Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

वित्तीय सङ्घीयताबारे सुर्खेतमा प्रदेश अर्थमन्त्रीहरूको भेला

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश आर्थिक मामिला परिषद्‌को बैठक सुरु भएको छ । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा आयोजित बैठकको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले गर्नुभयो । वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको वित्तीय अधिकार र अन्तरतह समन्वयबारे बैठकमा बहस भइरहेको छ । सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका अर्थमन्त्रीहरू वीरेन्द्रनगरमा भेला भएका छन् ।

4 publishers · 5 headlines · developing over 7 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सुर्खेतमा सातै प्रदेशका अर्थमन्त्रीहरूको भेला सुरु

१६ कात्तिक, सुर्खेत । वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन, प्रदेशको वित्तीय अधिकार र अन्तरतह समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू भेला भएका छन् । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानमा सोमबार आयोजित प्रदेश आर्थिक मामिला परिषद्को बैठकमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा […]

Coverage

4 more headlines since

first · 2d agolatest · 2d ago
  1. २२ बुँदे साझा प्रतिबद्धतासहित सकियो प्रदेश अर्थमन्त्रीहरूको वीरेन्द्रनगर भेला

    सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार आयोजित प्रदेश अर्थमन्त्रीको भेला २२ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । विशेषगरी वित्तीय सङ्घीयता कार्यान्वयनमा केन्द्र सरकार प्रतिबद्ध नभएको भेलाको निष्कर्ष छ । वित्तीय सङ्घीयता कार्यान्वयनमा सङ्घीय सरकारलाई अग्रसर

    Ratopati logoRatopatiPrivatestory5 publishers
  2. कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु

    कर्णाली - कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आर्थिक मामिला परिषद् बैठक सुरु भएको छ । परिषद् बैठकको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज गर्नुभएको हो । कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  3. वीरेन्द्रनगरमा ६ प्रदेशका अर्थमन्त्रीको भेला, वित्तीय सङ्घीयतामाथि बहस

    सुर्खेत । ६ वटा प्रदेश सरकारका अर्थमन्त्रीहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेला भएका छन् । सुदूरपश्चिम प्रदेश बाहेकका सबै अर्थमन्त्रीहरू वीरेन्द्रनगरमा आएका हुन् । वित्तीय सङ्घीयता कार्यान्वयनको विषयमा बहस गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  4. वीरेन्द्रनगरमा ६ प्रदेशका अर्थमन्त्रीको भेला, वित्तीय सङ्घीयतामाथि बहस

    सुर्खेत । ६ वटा प्रदेश सरकारका अर्थमन्त्रीहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भेला भएका छन् । सुदूरपश्चिम प्रदेश बाहेकका सबै अर्थमन्त्रीहरू वीरेन्द्रनगरमा आएका हुन् । वित्तीय सङ्घीयता कार्यान्वयनको विषयमा बहस गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको कर्णालीको आर्थिक

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.