Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 14 min ago

सेबोनले एकै दिन सेयर कारोबार गर्न पाइने नियमावलीको मस्यौदा सार्वजनिक गर्‍यो

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार सञ्चालन गर्न 'अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३' को प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार लगानीकर्ताले बिहान सेयर खरिद गरी सोही दिन बजार बन्द हुनुअघि बिक्री गर्न वा बिक्री गरी सोही दिन पुनः खरिद गर्न सक्नेछन्। बोर्डले बिहीबार सार्वजनिक गरेको मस्यौदामा सरोकारवालाबाट मंसिर ४ गतेभित्र राय सुझाव माग गरिएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

सेयर बजारमा इन्ट्राडे कारोबार गराइने, नियमावलीको मस्यौदा सार्वजनिक

१९ कात्तिक, काठमाडौं । नेपालको सेयर बजारमा अन्तरदिवसीय (इन्ट्राडे) कारोबार सञ्चालनमा ल्याउन धितोपत्र बोर्डले नियमावली मस्यौदा ल्याएको छ । सरोकारवालाबाट मंसिर ४ गतेभित्र राय सुझाव माग गर्दै मस्यौदा सार्वजनिक गरिएको छ । बिहान सेयर खरिद गरेर सोही दिन बजार बन्द हुनुअघि बिक्री गर्नु वा सेयर बिक्री गरेर सोही दिन पुनः खरिद गर्नु इन्ट्राडे कारोबार हो […]

Coverage

3 more headlines since

first · 3h agolatest · 26 min ago
  1. इन्ट्राडे कारोबारका लागि कानुनी व्यवस्था गरिंदै, नियमावलीको मस्यौदामा सेबोनले माग्यो सुझाव

    काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ)का लागि कानुनी व्यवस्था गर्न लागेको छ। सेबोनले पुँजी बजारमा कारोबारको गति, तरलता र मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरदिवसीय कारोबार सञ्चालनमा ल्याउन अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली ल्याउन लागेको हो। सेबोनले नियमावलीको प्रारम्भिक मस्यौदा तयार पारेको छ। मस्यौदामा अन्तरदिवसीय धितोपत्र कारोबार सञ्चालनका लागि स्टक […] The post इन्ट्राडे कारोबारका लागि कानुनी व्यवस्था गरिंदै, नियमावलीको मस्यौदामा सेबोनले माग्यो सुझाव appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
  2. सेयर बजारमा आउँदैछ नयाँ नियम– बिहान किन्ने, दिउँसै बेच्ने, नाफा–घाटा त्यही दिन!

    नेपाल धितोपत्र बोर्डले बिहीबार सार्वजनिक गरेको 'अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३' को प्रारम्भिक मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो।

    Setopati logoSetopatiPrivatekinmel4 publishers
  3. इन्ट्रा–डे कारोबारका लागि तयार भयो मस्यौदा, किनेकै दिन सेयर बेच्न बाटो खुल्दै

    काठमाडौँ । नेपालको सेयर बजारमा सोही दिन धितोपत्र खरिद बिक्री गरी राफसाफ गर्न सकिने इन्ट्रा–डे कारोबार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नीतिगत प्रक्रिया अघि बढाएको छ। बोर्डले यस प्रणालीलाई व्यवस्थित, पारदर्शी र सुरक्षित बनाउने

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.