
विद्यालयलाई शिक्षा विभागको यस्तो निर्देशन
काठमाडौँ- शिक्षा विभागले देशभरका सामुदायिक विद्यालयहरूको जग्गासम्बन्धी विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ। विभागको शैक्षिक सूचना व्यवस्थापन शाखाले शिक्षा विकास तथा समन्वय एकाइ, सर्लाहीलाई पत्राचार गर्दै विद्यालयको जग्गाको यथार्थ विवरण एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ट गर्न अनुरोध गरेको हो। विभागका अनुसार सामुदायिक विद्यालयहरूको जग्गा व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले विद्यालयको नाममा रहेको जग्गा, […]


