Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 20 Maylast: 21 May

मधेश प्रदेशमा एकीकृत जसपा नेपालको संसदीय दलको नेतामा सरोज कुमार यादव चयन

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकीकरणपछि मधेश प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव सर्वसम्मत चयन भएका छन्। जनकपुरधाममा बसेको संयुक्त बैठकले यादवलाई नेता चयन गर्ने निर्णय गरेको हो। २६ सांसदसहित प्रदेशको ठूलो दल बनेको जसपा नेपालले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई नै समर्थन गर्ने निर्णय समेत गरेको छ।

Summary by Jayaman

6publishers
11headlines
Span: 1d 11hNE onlyUpdated 21 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

जसपा–लोसपा एकीकरणपछि आज संसदीय दलको नेता चयन हुँदै

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले आज मधेश प्रदेश सभामा संसदीय दलको नेता चयन गर्ने भएको छ । मधेश प्रदेश सभा परिसरस्थित संसदीय दलको कार्यालयमा दिउँसो १२ बजे बस्ने बैठकबाट दलको नेता चयन गरिने तयारी गरिएको पार्टी स्रोतले जनाएको छ । केही समयअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) […]

Coverage

10 more headlines since

first · 20 Maylatest · 21 May
    1. मधेस प्रदेशमा जसपा नेपालको संसदीय दलका नेतामा यादव चयन

      जनकपुर – मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलको नेतामा सरोजकुमार यादव चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मतले दलको नेता चयन गरेको हो । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा एकता भए पनि मधेस प्रदेशमा एकता नभएका कारण दुवै दलको छुट्टाछुट्टै संसदीय दलका नेता तथा कार्यालय रहेका […]

    2. मधेशमा कांग्रेस–वाम गठबन्धन, फेरियो सत्तासमीकरण

      काठमाडौँ- मधेशमा राजनीतिक दलहरूबीचको गठबन्धन फेरिएको छ। यसअघि रहको नेपाली कांग्रेस र जसपा नेपाल–जनमत पार्टीबीचको गठबन्धन फेरिएर नयाँ सत्तासमीकरण बनेको हो। जनता समाजवादी पार्टी (जसपा) नेपाललाई निकालेर कांग्रेस–वाम गठबन्धनको सरकार बन्ने भएको छ। कांग्रेस नेतृत्वको सरकारमा नेकपा एमालेको ‘इन्ट्री’ हुने भएको छ। यसअघि कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन गरे पनि एमाले […]

    3. जसपा नेपाल मधेस संसदीय दलको नेतामा पुनः यादव

      जनकपुर । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशको संसदीय दलको नेता सरोज यादव (बारा) चयन भएका छन् । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबिच एकता भएपछि एकीकृत पार्टीको संसदीय दलको नेतामा यादवलाई चयन गरेको जसपा नेपाल

      Ratopati logoRatopatiPrivatestory11 publishers
    4. जसपा संसदीय दलको नेतामा सरोज यादवलाई निरन्तरता

      महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाल र उपेन्द्र यादव नेतृत्वको (जसपा) नेपालबीच पार्टी एकीकरण भएपछि बिहीबार बसेको दुई दलको संयुक्त बैठकबाट नेता यादवलाई संसदीय दलको नेता चयन गरेका हुन् ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers
    5. मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा यादवले पाए निरन्तरता

      ७ जेठ, जनकपुरधाम । मधेश प्रदेश जसपा नेपाल संसदीय दलको नेतामा सरोज कुमार यादव निरन्तरता पाएका छन् । जसपा नेपाल र लोसपा नेपाल एकीकरण पश्चात हिजोदेखि दलको नेता चयन गर्न कसरत चलेको थियो । पुन: सर्वसम्मत जसपा नेपालको संसदीय दलका नेता रहेका यादवलाई नै निरन्तरता दिएको हो । दुवै दल एकीकरण पश्चात मधेश प्रदेशमा २६ […]

    6. मधेशमा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्न जसपा नेपालको ह्विप जारी

      जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेस नेतृत्वकै सरकारलाई निरन्तरता दिने निर्णय जनता समाजवादी पार्टी नेपालले गरेको छ । मधेश प्रदेश सभाको संसदीय दलको कार्यालयमा बसेको बैठकले कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । मधेश प्रदेश सभा सदस्य तथा मन्त्री मनीष कुमार सुमनका अनुसार आज बसेको जसपा नेपालको संसदीय दलको बैठकले मधेश […]

    7. जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

      जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा समाहित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसहितको संयुक्त मधेश प्रदेश संसदीय दलको नेतामा सरोज कुमार यादव (बारा) सर्वसम्मत चयन भएका छन्। बुधबार र बिहीबार दुई दिनसम्म बसेको बैठकले बिहीबार यादवलाई संसदीय दलको नेतामा चयन गरेको हो। मधेश प्रदेश सभा संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्णय गरेको […]

    8. लोसपा जसपामा मिसिएपछि पहिलो पटक प्रदेशमा संयुक्त बैठक, दलको नेता छनौटमाथि छलफल

      लोसपा र जसपा एकीकरण भएपछि २६ सांसदसहित मधेस प्रदेशको ठूलो दल बनेको छ । जसपाका १८ र लोसपा ८ रहेको छ ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics11 publishers
    9. जसपा-लोसपा संयुक्त बैठक : नेता चयनमा जुटेन सहमति

      जनकपुरधाम । एकीकरणपछि मधेश प्रदेशमा संसदीय दलको नेता चयन गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको संयुक्त बैठक निष्कर्षविहीन बनेको छ । मधेश प्रदेश सभास्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा दुवै दलबीच विभिन्न विषयमा छलफल भए पनि ठोस सहमति जुट्न सकेन । एकीकरणपछि पहिलो पटक संयुक्त रूपमा बसेको […]

    10. मधेस प्रदेश : संसदीय दलको नेता चयन गर्न जसपा नेपालको बैठक बस्दै

      काठमाडौँ । मधेस प्रदेशमा आज जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक बस्न लागेको छ । लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबिच एकीकरण भएपछि पहिलो पटक जनकपुरमा संयुक्त बैठक बस्न लागेको छ । जसपा नेपालको संसदीय दलको

      Ratopati logoRatopatiPrivatestory11 publishers
Saroj Kumar Yadav Elected Leader of Unified JSP Nepal in Madhesh · K cha khabar