रविलाई हर्कले भने- लिम्पियाधुरा, लिपुलेक फर्काउन भारतसँग बोल्नु
रास्वपा सभापति लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा जेठ १८ गते भारत भ्रमणमा जाँदैछन्।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आफ्नो आगामी भारत भ्रमणका क्रममा लिपुलेक र लिम्पियाधुराको सीमा विवादबारे कुरा उठाउन आग्रह गरेका छन्। सभापति लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा जेठ १८ गते भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ। साम्पाङले सामाजिक सञ्जालमार्फत लामिछानेलाई पत्रकार हुँदा जस्तै सीमाका विषयमा प्रखर रूपमा प्रस्तुत हुन चुनौती दिएका हुन्।
Summary by Jayaman
रास्वपा सभापति लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा जेठ १८ गते भारत भ्रमणमा जाँदैछन्।
1 more headline since
काठमाडौँ- भारत भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सीमा विवादबारे बोल्न अनुरोध गरेका छन्। हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवि लामिछानेजी, अब भारत गएर लिपुलेक लिम्पियाधुरा फर्काउन भारतसँग बोल्नु है! पहिले पत्रकार हुँदा त निक्कै डुक्रिनु भाथ्यो।’ लामिछाने भारत भ्रमणमा जाने तयारीमा […]