Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 28 May

संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै कोशी प्रदेशसभामा अवरोध

कोशी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संशोधनको समय नदिई पारित गरिएको भन्दै विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले प्रदेशसभामा अवरोध गरेको छ। सभामुख अम्बर बहादुर विष्टले नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेपछि आक्रोशित प्रतिपक्षी सांसदहरूले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। विवादका कारण मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्न नपाएपछि संसद् बैठक आगामी असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ।

Summary by Jayaman

8publishers
14headlines
Span: 1d 17hNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

कोशी प्रदेश सभा: नीति तथा कार्यक्रम पारित भइसके पछि प्रतिपक्षले माग्यो संशोधनको समय

कोशी प्रदेशसभाको मंगलबारको बैठकमा सभामुखले प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको घोषणा गरेपछि संसोधनको समय माग गर्दै प्रतिपक्षी दलका सांसदहरूले उठेर बिरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।...

politics14 publishers
Coverage

13 more headlines since

first · 26 Maylatest · 28 May
    1. रोष्ट्रमबाट माइक थुतेर भागेका राजेन्द्र राईले भने- त्यस्तै गरे यस्तै गरिन्छ

      कोशी प्रदेश सभामा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव हाल्न नदिई ध्वनि मतका साथ पारित भएको भन्दै प्रतिपक्षी दलले अवरोध गर्दै आएका छन् ।

    2. विवादका कारण प्रदेशसभा बैठक शनिबार सम्मका लागि स्थगित

      मंगलबार सभामुख अम्मरबहादुर विष्टले कोशी प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरे पछि विपक्षी सांसदहरूले संसोधनको समय नदिएको भन्दै विरोधमा उत्रिएका थिए ।...

      Nagarik News logoNagarik NewsPrivatepolitics14 publishers
    3. ‘सर्वसम्मति’ कि ‘बहुमत’ ? भन्ने विवादले बस्न सकेन कोशी प्रदेशसभा

      मंगलबार सभामुख विष्टले संशोधनका लागि समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले विरोध गरेका थिए । आफूहरूले समर्थन नगरेको अवस्थामा सर्वसम्मति भन्नु संसदीय मर्यादाविपरीत भएको तर्क प्रतिपक्षको छ ।

    4. कोशी प्रदेशसभामा प्रतिपक्षको नाराबाजी, पूर्वमुख्यमन्त्री राईद्वारा माइक खोस्ने प्रयास

      विराटनगर । संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले बुधबार कोशी प्रदेशसभा बैठकमा तीव्र विरोध र नाराबाजी गरेका छन्। संसदीय प्रक्रिया पूरा नगरी नीति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रतिपक्षी दलका

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives14 publishers
    5. कोशी प्रदेश सभामा लफडा मिलेन, १६ गतेसम्मका लागि संसद् बैठक स्थगित

      विराटनगर । विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीको अवरोधका कारण कोशी प्रदेश सभाको बुधबारको बैठक बस्न सकेन । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि विपक्षीको असहमति रहेको तथा सभामुख अम्बर बहादुर विष्टले सर्वसम्मत पारित भएको घोषणा गरेको विषय

      Ratopati logoRatopatiPrivatestory14 publishers
    6. कोशी प्रदेशसभामा प्रतिपक्षी सांसदद्वारा रोष्टम घेराउ, माइक खोस्ने प्रयास

      काठमाडौँ- संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरुले कोशी प्रदेशसभामा विरोध जनाएका छन्। बुधबार बसेको कोशी प्रदेशसभामा प्रतिपक्षी दलका सांसदहरुले प्रक्रिया पूरा नगरी नीति तथा कार्यक्रम पारित गरेको भन्दै विरोध जनाएका हुन्। विरोधकाबीच कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कार्यसुचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजे पछि प्रतिपक्षी सांसदहरुले रोष्टम घेराउ गर्दै […]

    7. कोशी प्रदेशसभा : पूर्वमुख्यमन्त्रीले रोष्ट्रमको माइक थुतेर भागेपछि…(भिडिओ)

      काठमाडौं । संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित गरेको भन्दै प्रतिपक्षी दलका सांसदहरूले कोशी प्रदेश सभामा विरोध जनाएका छन् । बुधवार बसेको कोशी प्रदेश सभामा प्रतिपक्षी दलका सांसदहरूले प्रक्रिया पुरा नगरी नीति तथा कार्यक्रम गरेको भन्दै विरोध जनाएका हुन् । विरोधकाबीच कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले कार्यसूचीमा रहेका कार्यक्रमलाई अघि बढाउन खोजे पनि प्रतिपक्षी […]

    8. कोसी प्रदेश सभामा नाराबाजी

      विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको नति तथा कार्यक्रमका विषयमा संशोधन प्रस्ताव समेत हाल्न नदिई नीति तथा कार्यक्रम प्रदेशसभाबाट पास भएको भन्दै प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले विरोध गरेका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका विषयमा संशोधन प्रस्ताव हाल्न नदिएको भन्दै प्रदेश सभामा रहेका नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्यहरूले सभामा विरोध […] The post कोसी प्रदेश सभामा नाराबाजी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    9. कोशी सभामा लफडा : संशोधनमा समय नदिइ नीति तथा कार्यक्रम पारित गरेको भन्दै विपक्षी आक्रोशित

      विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको नति तथा कार्यक्रमका विषयमा संशोधन प्रस्ताव समेत हाल्न नदिई नीति तथा कार्यक्रम प्रदेशसभाबाट पास भएको भन्दै प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले विरोध गरेका छन् । प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका विषयमा संशोधन प्रस्ताव हाल्न नदिएको भन्दै प्रदेश सभामा रहेका नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि सभा सदस्यहरूले सभामा विरोध […]

    10. सभामुखको हतारो : संशोधनको समय नदिई नीति तथा कार्यक्रम पारित !

      विराटनगर । कोशी प्रदेशसभाको मंगलबारको बैठकमा विपक्षीको अवरोधका कारण सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्न सकेन। विपक्षीले विरोध गर्नुको कारण भने सरकारको नीति तथा कार्यक्रममाथि संशोधन गर्ने समय नदिइ सभामुखले पारित भएको घोषणा गरेपछि

      Ratopati logoRatopatiPrivatestory14 publishers
    11. संशोधनको समय नदिइ कोशीको नीति तथा कार्यक्रम पास, प्रतिपक्षीको अवरोध

      विराटनगर : कोशी प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । मंगलबारको प्रदेशसभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएपछि सभामुख अम्बरबहादुर थापाले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरेका थिए । सभामुखले सर्वसहमतिका आधारमा

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives14 publishers
    12. नीति कार्यक्रम पारित भएको घोषणापछि कोशीमा विपक्षीको विरोध

      कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएपछि संशोधनको समय नै नदिइएको भन्दै मुख्य विपक्षी नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले विरोध गरेका छन्।

      Setopati logoSetopatiPrivatekinmel14 publishers
    13. संशोधनको समय नदिई सभामुखले पास गरे कोशीको नीति तथा कार्यक्रम

      सभामुखले सर्वसम्मतिका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे । लगतै प्रतिपक्षी दलले संशोधनको समय नदिई पास गरेको भन्दै सदन अवरुद्ध गरे ।

Koshi Province Assembly Adjourned Following Opposition Protest Over Policy Endorsement · K cha khabar