
हुरीले घर भत्किँदा महिलाको मृत्यु
रौतहट । सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा महिलाको ज्यान गएको छ । वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिए । हुरीले रायको घरको […]





