कैलालीमा नाली खन्ने क्रममा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज
काठमाडौँ- कैलालीमा स्थानीयले नाली खन्ने क्रममा फेला पारेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। नेपाल सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैलालीको कैलारी गाउँपालिका-२ कैलाली गाउँमा आइतबार स्थानीयवासीले नाली खन्ने क्रममा शंकास्पद वस्तु (आईईडी) फेला पारेका थिए। सूचना प्राप्त भएपछि नेपाली सेनाको डेभिडल बटालियनबाट खटिएको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। टोलीले […]
