अमेरिका-इरान सहमतिप्रति इजरायलको आपत्ति: सुरक्षा मन्त्रीले भने, यो हामीलाई मान्य छैन
इजरायली राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन-ग्भिरले अमेरिका-इरान शान्ति सम्झौताप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौता इजरायलमा लागू नहुने र इजरायल सर्तहरूको पक्ष नभएको बताए । बेन-ग्भिरले भने, 'इजरायल अमेरिकाको अधीनमा छैन । हामी एक स्वतन्त्र र सार्वभौम देश हौं । यो यस सम्झौताको पक्ष होइन,र यसले देशको सुरक्षाको ग्यारेन्टी गर्दैन।'ग्भिरका अनुसार, इजरायली सेनाले दक्षिणी लेबनानमा कब्जा गरेका क्षेत्रहरूबाट पछि हट्नु हुँदैन । अमेरिका-इरानी
