तनहुँमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज
काठमाडौँ- तनहुँको संगमटोलस्थित एक स्थानीयको घर नजिक फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ। नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार असार ११ गते फेला परेको उक्त शंकास्पद वस्तु नेपाली सेनाअन्तर्गतको कालीभञ्जन गणबाट खटिएको बम डिस्पोजल टोलीले आवश्यक सुरक्षा सतर्कता अपनाउँदै सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको हो। घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था […]