नागरिकको जीउधनको सुरक्षामा सबै जिम्मेवार हुनुपर्छ : मुख्यमन्त्री शाह
१३ असार, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित गर्न सरोकारवाला सबै निकाय जिम्मेवार बन्नुपर्ने बताएका छन् । शनिबार धनगढीमा आयोजित ‘सुदूरपश्चिम प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी’ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले नागरिकको जीउधन र राज्यको सुरक्षामा सरकार, सुरक्षा निकाय, अदालत तथा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भुमिका हुनेमा जोड दिए । […]




