मन्त्रिपरिषद्का निर्णय : गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त, गेटा अस्पताललाई शिक्षण अस्पतालको मान्यता
काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा काठमाडौँका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान […]



