Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10 Jullast: 11 Jul

गणेश नेपालीको आत्मदाहपछि न्याय माग्दै माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन

आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायका लागि संयुक्त विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सुकुम्बासीहरूमाथि अमानवीय व्यवहार गरिएको भन्दै सरकार र काठमाडौंका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका थिए। माइतीघरबाट भद्रकाली हुँदै वीर अस्पतालतर्फ अघि बढ्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो।

6 publishers · 8 headlines · developing over 1d 2h
How this story evolved· 2 updates
  1. 3 sources10 Jul

    गणेश नेपालीको आत्मदाहपछि संयुक्त विद्यार्थी संगठन र युवाहरूले काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। माइतीघर मण्डलाबाट वीर अस्पतालतर्फ जान खोजेका प्रदर्शनकारीहरूलाई प्रहरीले भद्रकालीमा रोकेको थियो। प्रदर्शनकारीहरूले सुकुमवासीमाथि अमानवीय व्यवहार गरिएको र सरकारकै कारण नेपालीले आत्मदाह गर्नुपरेको आरोप लगाउँदै नाराबाजी गरेका थिए। उनीहरूले मृतकका लागि न्याय र सुकुमवासीका लागि गाँस, बास र कपासको ग्यारेन्टी गर्न माग गरेका छन्।

  2. 6 sources10 Julcurrent

    आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायका लागि संयुक्त विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सुकुम्बासीहरूमाथि अमानवीय व्यवहार गरिएको भन्दै सरकार र काठमाडौंका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका थिए। माइतीघरबाट भद्रकाली हुँदै वीर अस्पतालतर्फ अघि बढ्न खोज्दा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो।

Broke firstOnlineKhabar logoOnlineKhabar

माइतीघरबाट वीर अस्पतालतर्फ जान खोज्ने युवाहरूलाई प्रहरीले भद्रकालीमा रोक्यो (तस्वीरहरू)

२६ असार, काठमाडौं । गणेश नेपालीको मृत्युपछि सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरू माइतीघर मण्डलाबाट वीर अस्पतालतर्फ जान खोज्दा सुरक्षाकर्मीहरूले उनीहरूलाई रोकेका छन् । माइतीघर मण्डलाबाट उनीहरू भद्रकाली हुँदै वीर अस्पताल जान खोजेका थिए । तर उनीहरूलाई सुरक्षाकर्मीहरूले भद्रकालीमा रोकेका छन् । प्रदर्शनमा उत्रिएका युवाहरूले ‘बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’, राज्य आतंका मुर्दावाद, […]

Coverage

7 more headlines since

  1. सरकारविरूद्ध काठमाडौँमा प्रदर्शन

    काठमाडौँ- सरकारका विरूद्ध काठमाडौँमा प्रदर्शन भएको छ। जनपक्षीय ट्रेड युनियन महासंघले सरकारविरूद्ध माइतीघरमा प्रदर्शन गरेको हो। गणेश नेपालीलाई आत्मदाह गर्नुपर्ने अवस्था राज्यले निर्माण गरेको आरोप लगाउँदै महासंघले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले ‘युवालाई आत्मदाह गर्ने स्थितिमा कसले पुर्‍यायो?’ भन्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रदर्शनमा सहभागीहरूले युवालाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। […]

  2. युवालाई आत्मदाह गर्न बाध्य कसले बनायो ? श्री ३ (बालेन, रवि, स्वर्णिम) सरकारले (तस्बिरहरू)

    गणेश नेपालीलाई आत्महाद गर्न बाध्य पारेको भन्दै सरकारविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् । जनपक्षीय ट्रेड युनियन महासङ्घले माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

  3. गणेश नेपालीको आत्मदाह : माइतीघरमा सरकारविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन

    गणेश नेपाली आत्मदाह घटना तथा सुकुम्बासीमाथि अमानवीय हर्कत गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेका छन् ।प्रदर्शनका क्रममा सहभागीहरूले 'गणेश नेपालीको हत्यारा सरकार'लगायतका नारा लगाएका थिए । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो। त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई अघि बढ्न नदिई रोक्ने प्रयास गरेको थियो।तस्वीर : नेपाल फोटो लाइब्रेरी

    Lokaantar logoLokaantarPrivatestory8 publishers
  4. गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय माग गर्दै संयुक्त विद्यार्थी संगठनले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा सहभागीहरूले ‘गणेश नेपालीको हत्यारा बालेन सरकार हो’ लगायतका नारासहित विरोध जनाएका थिए । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धकेलाधकेल समेत भएको थियो । त्यसपछि प्रहरीले प्रदर्शनकारीहरूलाई अघि बढ्न नदिई रोक्ने […]

  5. गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन (तस्वीरहरू)

    २६ असार, काठमाडौं। संयुक्त विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । गणेश नेपाली आत्मदाह घटना तथा सुकुमवासीमाथि अमानवीय हर्कत गरिएको भन्दै संयुक्त विद्यार्थी संगठनले माइतीघरमा प्रदर्शन गरेको हो । सरकारकै कारण गणेश नेपालीले आत्मदाह गर्नुपरेको उनीहरूको आरोप छ । साथै उनीहरूले सुकुमवासीमाथि अमानवीय हर्कत बन्द गर, तुरुन्त गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको […]

  6. गणेश नेपालीको आत्मदाह : युवा उत्रिए सरकारविरोधी प्रदर्शनमा

    काठमाडौँ- राज्यको कारण गणेश नेपालीलाई आत्मदाह गर्ने अवस्था आएको भन्दै युवाहरुले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। गणेश नेपालीको मृत्युको कारण सरकार भएको भन्दै उनीहरुले शुक्रबार काठमाडौँको माइतीघरदेखि भद्रकालीसम्म विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरुले हत्यारा सरकार मुर्दावाद, बालेन के तिम्रो राज्यमा गरिब र युवा अट्न नसक्ने हो? गरिबमारा सरकार मुर्दावाद लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका थिए। […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.