Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

नेपालभर मनसुन सक्रिय, चितवनमा २६९ मिलिमिटर वर्षा रेकर्ड

जल तथा मौसम विज्ञान विभागका अनुसार सक्रिय मनसुनका कारण देशभर भारी वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा चितवनमा सबैभन्दा धेरै २६९ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ भने मनसुनी न्यून चापीय रेखा तराई नजिक रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

4 publishers · 5 headlines · developing over 14 hours
Broke firstRatopati logoRatopati

चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण

काठमाडौँ । मनसुन सक्रिय भई आइतबारदेखि जारी भारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएको छ । चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा

story5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 6d ago
  1. मनसुनी वायु सक्रिय हुँदा धेरै स्थानमा पर्‍यो पानी : चितवनमा सबैभन्दा धेरै वर्षा मापन!

    मौसमविद्का अनुसार मनसुनको न्यूनचापीय रेखा उत्तर सरेर नेपालको तराईको भूभाग वा नेपाल नजिक आइपुग्दा यहाँ धेरै पानी पर्छ।

    Thaha Khabar logoThaha KhabarPrivatedetail5 publishers
  2. पछिल्लो २४ घण्टामा चितवनको नारायणी आसपासमा सबैभन्दा बढी वर्षा, भरतपुर क्षेत्र डुबानमा

    काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा मुलुककै सबैभन्दा बढी वर्षा चितवनको नारायणी आसपासको क्षेत्रमा मापन गरिएको छ। सोमबार बिहानदेखि आज बिहानसम्म देशभरका ३३५ वटा वर्षा मापन केन्द्रहरूमा गरिएको अध्ययनअनुसार

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  3. चितवनमा २६९ मिलिमिटर वर्षा, अन्यत्रको यस्तो छ विवरण

    मनसुन सक्रिय भई आइतबारदेखि जारी भारी वर्षाका कारण देशका धेरै जिल्ला प्रभावित भएको छ । सोमबार चितवनमा हालसम्मकै धेरै वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा न्यून वर्षा भएको छ । गण्डकी, बागमती र कोशी प्रदेश भारी वर्षाका कारण नराम्ररी प्रभावित हुन पुगेको छ । काठमाडौँ उपत्यकामा सोमबार दिनभर वर्षा भयो ।पछिल्लो २४ घण्टामा चितवन नारायणगढ आसपासका क्षेत्रमा २६९ मिलिमिटर वर्षा भएको विवरण रेकर्ड भएको छ ।जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. पानी पर्ने क्रम भोलिसम्मै जारी रहने, सतर्कता अपनाउन आग्रह

    देशभर मनसुनी वायुको प्रभाव तीव्र बनेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेर नेपालको तराई भू–भाग नजिकै अवस्थित रहेको छ । यसबै कारण देशका अधिकांश स्थानमा लगातार वर्षा भइरहेको हो ।गएराति देशको सुदूरपश्चिमबाहेक सबैजसो क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा रेकर्ड गरिएको छ। महाशाखाका अनुसार गएको १२ घण्टामा बागमती प्रदेशको चितवनमा सबैभन्दा धेरै २४७ मिलिमिटर वर्ष

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.