चन्द्रागिरीबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ
काठमाडौँ- काठमाडौँको चन्द्रागिरी नगरपालिकाबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षीय अनिल देउला र उदयपुर जिल्ला गाइघाट घर भई हाल चन्द्रागिरी–४ नैकाप बस्ने २४ वर्षीया सुमित्रा राई रहेका छन्। सशस्त्र प्रहरी बल नेपालका डीएसपी शैलेन्द्र […]




