Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 21h agolast: 20h ago

फिफा विश्वकप २०२६ को फाइनल अतिरिक्त समयमा, अर्जेन्टिना १० खेलाडीमा सीमित

न्युयोर्कस्थित मेटलाइफ रंगशालामा भइरहेको फिफा विश्वकप २०२६ को फाइनल खेल निर्धारित ९० मिनेटमा गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको छ। स्पेन र अर्जेन्टिनाबीचको यस प्रतिस्पर्धाको इन्जुरी समयमा मिडफिल्डर एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको छ। फर्नान्डेजले स्पेनका पाउ कुबार्सीलाई फाउल गरेपछि मैदान छाड्नुपरेको थियो।

4 publishers · 5 headlines · 5 in 24h · developing over 44 min
Broke firstNepal Press logoNepal Press

स्पेन र अर्जेन्टिनाबीचको फाइनल खेल अतिरिक्त समयमा

काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच प्रतिस्पर्धा जारी छ। न्यु योर्कस्थित मेटलाइफ रंगशालामा जारी खेल अतिरिक्त समयतर्फ धकेलिएको छ। निर्धारित समयसम्म खेल गोलरहित बराबरीमा सकिएपछि थप ३० मिनेट लम्बिएको हो। अर्जेन्टिना १० खेलाडीमा समेटिएको छ। इन्जुरी समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड खाएपछि रातो कार्डसहित उनी मैदानबाट बाहिरिए।

Coverage

4 more headlines since

first · 21h agolatest · 20h ago
  1. अर्जेन्टिनासंग स्पेन १-० ले अगाडी, अतिरिक्त समयकाे दाेस्राे हाफमा फेरान टोरेसले गरे गाेल

    बुटवल । जारी फिफा विश्वकप २०२६ को उपाधिका लागि जारी भिडन्तकाे अतिरिक्त ३० मिनटमा स्पेनले १-० काे अग्रता लिएकाे छ । ३० मिनेटकाे निर्धारित समयकाे पहिलाे हाफ गाेल रहित बराबरीमा सकिएकाे थियाे । दाेस्राे हाफकाे

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. अर्जेन्टिना र स्पेन बिचकाे ९० मिनट गाेल रहित बराबरीमा, अतिरिक्त समयकाे खेल जारी

    बुटवल । जारी फिफा विश्वकप २०२६ को उपाधिका लागि जारी भिडन्तकाे ९० मिनट गाेल रहित बराबरीमा सकिएकाे छ । ९० मिनेटकाे निर्धारित समय र थप गरिएको अतिरिक्त समयमा पनि स्पेन र अर्जेन्टिना दुवै टोलीबाट कुनै

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  3. अर्जेन्टिना १० खेलाडीमा सीमित, खेल अतिरिक्त समयमा धकेलियो

    फिफा विश्वकप २०२६ को उपाधिका लागि न्युयोर्क न्युजर्सी स्टेडियममा भइरहेको स्पेन र अर्जेन्टिनाबीचको रोमाञ्चक फाइनल भिडन्त निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा टुङ्गिएको छ। दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अहिले अतिरिक्त समयमा प्रवेश गरेको हो ।तर खेलको इन्जुरी समयमा अर्जेन्टिनालाई ठूलो झट्का लागेको छ। मिडफिल्डर एन्जो फर्नान्डेजले ९३औँ मिनेटमा स्पेनका पाउ कुबार्सीलाई 'फाउल' गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका छन्। अब अर्जेन्टिनाले बाँकी समय १० खेलाडीमा सीमित भएर

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  4. ९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा

    काठमाडाैँ । फिफा विश्वकप २०२६ को नयाँ विश्वविजेताको फैसला गर्न फाइनल खेल अतिरिक्त समय (एक्स्ट्रा टाइम) मा धकेलिएको छ। निर्धारित ९० मिनेट र थप गरिएको इन्जुरी समयमा पनि स्पेन र अर्जेन्टिना दुवै टोलीबाट कुनै गोल हुन

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.