सिंहदरबारको मूल गेटमा धर्नामा बसेकी बिनु यादव र मन्त्री बादीबीच भेटवार्ता
सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिकसुरक्षा मन्त्री सीता बादीले भेटवार्ता गरेकी छिन् । मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा बिनु यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका अन्य मागका विषयमा मन्त्रीसमक्ष आफ्ना धारणा राखेकी थिइन् ।उनले यसअघि सरकार पक्षसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्रालयसमक्ष लिखित निवेद



