मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद
काठमाडौँ- अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्याएपछि बिरेठाँटी–घान्द्रुक बीचको सम्बन्ध टुटेको छ। अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा बिहीबार राति अविरल वर्षापछि आएको बाढीले सडकमा क्षति पुर्याउनुका साथै एउटा कच्ची घर बगाएको छ। बाढीका कारण बिरेठाँटी-घान्द्रुक पक्की सडकखण्डसहित चिमुङ, स्याउलीबजार र स्याउलीबजारबाट सार्दीखोला जाने सडकमा कटान भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको अन्नपूर्ण […]





